बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज साताको कारोबारको तेस्रो दिन दोहोरो अंकको सुधार भएको छ । आज मंगलवार नेप्से १६.२४ अंकले बढेर १ हजार ९ सय ८५ दशमलव ४३ बिन्दुमा पुगेको छ । सोमवार नेप्से ४.२६ अंकले बढेर १ हजार ९ सय ६९ दशमलव १८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएसँगै कारोबार रकम पनि बढेर १ अर्ब माथि पुगेको छ । आज १ अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार ८७ करोड ४ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा सात कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यस्तै, मेन्छियाम हाइड्रोपावर, बलेफि हाइड्रोपावर, अभियान लघुवित्त, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो तथ जेनेरल कन्स्ट्रकसनको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।
आज इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन । सो कम्पनीको शेयरमूल्य ८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया