एनएमबि बैंकद्धारा डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने उदेश्यले सञ्चालनमा ल्यायो ‘डिजी स्टेशन’

एनएमबि बैंकद्धारा डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने उदेश्यले सञ्चालनमा ल्यायो ‘डिजी स्टेशन’


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’ को सुरुवात गरेको छ । ‘डिजि स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ्ग अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

‘डिजि स्टेशन’ को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने  बैंकिङ्ग सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ्ग सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

बैंकले प्रथम चरणको डिजि स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ । क्यास डिपोजिट मेसिनमा ग्राहकले रू. १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ । साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियारिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा ATM मेसिनको सुविधा हुदा ग्राहक वर्गका अधिकांश बैंकिङ्ग अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।