बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तिय संस्था लि. ले सहायक प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदका लागि आवेदन खुल्ला गरेको छ । संस्थाले आज असोज १ गते एक सुचना प्रकाशित गरेर आफ्नो केन्द्रिय कार्यालय शुक्लागण्डकी नगरपालिका, दुलेगौँडा, तनहुँका लागि यस पदमा कर्मचारी आवश्यक परेको जनाएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेद्धावरहरुले सुचना प्रकाशित भएको १५ दिन भित्र अर्थात २०८० असोज १५ गते भित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि आवेदन दिन संस्थाले आग्रह गरेको छ ।
यस पदका लागि आवश्यक न्युनतम योग्यता स्नातकोत्तर तह उत्तिर्ण गरेको र लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकिय तहमा रहि कम्तिमा ५ वर्ष कार्य अनुभव हासिल गरेको वा स्नातक तह उत्तिर्ण गरि लघुवित्त वित्तीय संस्थाको व्यवस्थापकिय तहमा रहि कम्तिमा ७ वर्ष कार्य अनुभव प्राप्त गरेको हुनु पर्ने संस्थाले जनाएको छ । यसैगरि, उम्मेद्धवार ३५ वर्ष पुरा गरि ५० वर्ष ननाघेको हुनुपर्नेछ ।
प्रतिक्रिया