सिटिजन्स बैंकको लाभांश घोषणा, यस वर्ष नगद लाभांश मात्रै दिने

सिटिजन्स बैंकको लाभांश घोषणा, यस वर्ष नगद लाभांश मात्रै दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । भदौ ३१ गते आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधारमा कर समेत गरि कुल ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।