बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । लघुवित्तले आगामी असोज २६ गते रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा चौथो वार्षिक साधारणसभा बोलाएको हो । सो सभा दिउँसो साढे १ बजे शुरु हुनेछ ।
कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि सभा बोलाउने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को हाल कायम चुक्ता पूँजीको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँ बराबरका नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै अन्य लघुवित्तसँगै मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले असोज १८ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।
प्रतिक्रिया