निक्षप तथा कर्जा सुरक्षण कोषद्वारा ५०औं वार्षिकोत्सवको अवसरमा बैकिङ्ग अनुशासन सचेतनाका लागि वाल्काथन सम्पन्न

निक्षप तथा कर्जा सुरक्षण कोषद्वारा ५०औं वार्षिकोत्सवको अवसरमा बैकिङ्ग अनुशासन सचेतनाका लागि वाल्काथन सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षप तथा कर्जा सुरक्षण कोष आगामी असोज ४ गते आफ्नो स्थापनाको गौरवमय ४९ वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दैछ । यसै स्वर्ण वार्षिकोत्सवको ऐतिहासिक क्षणलाई सुखद र स्मरणीय बनाउन उत्साहजनक ढंगले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । यसै सन्दर्भमा मिति २०८० भदौ ३० गते शनिबारका दिन बैकिङ्ग अनुशासन सचेतनाका लागि काठमाडौंमा Walkathon र 5k Fun Run कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

\"\"

कोषले आयोजना गरेको उक्त कार्यक्रममा राजश्व सचिव तथा कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्र र नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल के.सी. मुख्य अतिथिको रुपमा उपस्थित भएका थिए । बिभिन्न बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा अन्य पदाधिकारी एवं कर्मचारीहरुको सहभागिता रहेको सो कार्यक्रममा कूल ५०० जनाभन्दा बढीको उत्साहजनक सहभागिता रहेको थियो । 

\"\"

उपस्थित भएका सबै जनाले बैंकिङ्ग सचेतना अभिवृद्धि गर्ने सम्बन्धमा सकारात्मक सन्देश प्रदान गर्ने उद्देश्यले लेखिएका ‘लिएपछि बैंकबाट ऋण–तिर्नै पर्छ कुनै न कुनै दिन’, ‘कर्जाको किस्ताब्याज समयै तिरौं–जिम्मेवार नागरिकको परिचय दिउँ’, ‘यति कुरा बुझौं है साथी–बैंकको ऋण हुँदैन माफी’ लगायतका वित्तीय सचेतनामूलक बिभिन्न नारा अंकित टि–सर्ट लगाई कार्यक्रममा सहभागी भएका थिए ।

\"\"

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरबाट शुरु गरिएको Walkathon तथा 5k Fun Run को मार्ग कमलपोखरी, ज्ञानेश्वर, नक्शाल भगवती, टंगाल, गैह्रीधारा, लैनचौर, जमल, त्रिचन्द्र क्याम्पस हुँदै पुनः प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समाप्त भएको थियो । सहभागीहरुलाई हौसला प्रदान गरी कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन राजश्व सचिव डा. राम प्रसाद घिमिरे, डेपुटी गभर्नर बम बहादुर मिश्र तथा कोषका सञ्चालकहरु हुम बहादुर के.सी., तुलसी प्रसाद घिमिरे र प्रकाशजंग थापा समेत अन्य सहभागीहरुसँगै Walkathon मा पूरै अवधि सहभागी भएका थिए ।

\"\"

5K Fun Run अन्तर्गत नेपाल आर्मी तथा नेपाल प्रहरीका धावकहरु लगायत अन्य व्यवसायिक धावक तथा इच्छुक सर्वसाधारण समेतले दौड प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

\"\"\"\"\"\"

दौड प्रतियोगितामा पुरुष तर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल प्रथम, त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठ द्वितीय र त्रिभुवन आर्मी क्लबका श्रीकाश राई तृतीय भएका थिए । प्रथम स्थान हासिल गर्ने पालले १७ः५० मिनेटमा, द्वितीय स्थान हासिल गर्ने श्रेष्ठले १८ः१३ मिनेटमा र तृतीय स्थान हासिल गर्ने राईले १८ः३५ मिनेटमा तोकिएको दुरी पार गरेका थिए ।

\"\"\"\"\"\"\"\"

त्यसै गरी, महिला तर्फ २१ः५० मिनेटमा दौड पूरा गरी नेपाल पुलिस क्लबका राममाया बुढा प्रथम, २१ः५७ मिनेटमा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबका पूर्णलक्ष्मी न्यौपाने द्वितीय र २३ः०७ मा दौड पूरा गरी त्रिभुवन आर्मी क्लबकै सिर्जना पाण्डे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

\"\"\"\"\"\"\"\"

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुरुष तथा महिला धावकहरु दुवैलाई जनही रु. १५ हजार, दोस्रो हुने पुरुष र महिला धावक दुवैलाई जनही रु. १० हजार र तेस्रो हुने पुरुष तथा महिला धावक दुवैलाई जनही रु. ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

\"\"\"\"\"\"\"\"

सो अवसरमा राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरे, डेपुटी गभर्नर बम बहादुर मिश्र, कोष सञ्चालक समितिका सदस्यहरु हुम बहादुर के.सी. तथा प्रकाशजंग थापाले संयुक्त रुपमा कोषको नयाँ नारा ‘ऋण र धन दुवैको सुरक्षण’ सार्वजनिक गरेका थिए । यसै गरी कोषको पशुधन सुरक्षण कार्यक्रमको विस्तारको लागि तयार गरिएको प्रचार प्रसार सामग्री अडियो जिंगल तथा कोषको बारेमा तयार गरिएको गीत समेत सार्वजनिक गरिएको थियो ।