बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षप तथा कर्जा सुरक्षण कोषद्वारा आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सवको स्वर्ण अवसरमा मिति २०८० भदौ २९ गते शुक्रबारको दिन अन्तर बैंक क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।
कोषद्वारा आयोजित अन्तर बैंक क्वीज प्रतियोगिता नबिल बैंक, एभरेष्ट बैंक, आइ सि एफ सि फाइनान्स, मेरो माइक्रोफाइनान्स, सांग्रीला डेभदपमेन्ट बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक र एनआईसि एशिया बैंकका प्रतियोगी, अन्य सहभागी तथा कोषका प्रमुख कार्याकारी अधिकृत रमेश घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल लगायत कोषका विभागीय प्रमुख तथा अन्य कर्मचारीहरुको बाक्लो उपस्थितिमा सफलताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रम कोषको प्रबन्धक मन्दिरा थपलियाले सञ्चालन गरिन् भने दमयन्ति जोशीले क्विज मास्टरको रुपामा मनोरञ्जनात्मक रुपमा प्रतियोगीता सञ्चालन गरेका थिए । प्रथम चरणमा ११ प्रतियोगी समूहबीच प्रतिस्पर्धा गराई सफल ५ प्रतियोगी समूहलाई दोस्रो चरणमा लगी ३ राउण्डमा सञ्चालन भएको प्रतिस्पर्धात्मक खेलमा क्रमशः एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र नेपाल राष्ट्र बैंकले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरी सम्मान गरे भने यस्ता प्रतियोगिताहरुले सिकाईलाई ताजा बनाउनुका साथै एक आपसमा परिचयात्मक अवसरको अभिबृद्धि गर्ने हुँदा यस्ता कार्यक्रम बेला बखत आयोजना हुनुपर्ने अभिव्यक्ति राख्ेका छन् ।



About Us
प्रतिक्रिया