बजारको हल्ला मात्र हो शेयरबजार भयावह अवस्थामा छैनः प्रवक्ता श्रेष्ठ

बजारको हल्ला मात्र हो शेयरबजार भयावह अवस्थामा छैनः प्रवक्ता श्रेष्ठ


बैंकिङ्ग समाचार, काठमाडौं ।
बजारमा जसरी शेयर बजारको बारेमा भयावह अवस्था छ भनेर हल्ला फिजाइएको छ त्यो गलत भएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताएका छन् ।

\"\"

शुक्रबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ छलफल कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

\"\"

त्यस्तै श्रेष्ठले शेयरबजार घट्नु बढ्नु सामान्य भएको तर बजार नै भयावह अवस्थामा नरहेको पनि बताएका छन् ।

‘बजारमा आर्थिक मन्दीको अवस्था देखिएको गुनासो आएको तर शेयरबजारका कम्पनीहरू खराब अथवा खत्तम नै भएको कहि कतै सुनिएको छैन’ श्रेष्ठले भने, ‘नेप्से परिसूचकलाई हेर्न बैज्ञानिक भएका छैनौं । बजार कहिलेपनि एउटै लाइनमा जादैन । शेयरबजार घट्ने बढ्ने सामान्य प्रकृया हो । सधै बजार बढ्ने मात्रै हुदैन । हामीले बैज्ञानिक रूपमा हेर्न जरूरी छ ।’

\"\"