सानिमा बैंकले गर्यो कुल १४.७०% लाभांश दिने घोषणा, नगद र बोनस कति ?

सानिमा बैंकले गर्यो कुल १४.७०% लाभांश दिने घोषणा, नगद र बोनस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल लाभांशमध्ये ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको जानकारी बैंकले दिएको छ । हाल बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्ने तयारी गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।