कुमारी बैंकको ७९ हजार कित्ता बढि संस्थापक शेयर विक्रीमा, कसले दिन पाउछन् आवेदन ?

कुमारी बैंकको ७९ हजार कित्ता बढि संस्थापक शेयर विक्रीमा, कसले दिन पाउछन् आवेदन ?

सुरेश शर्मा
392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । 

राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य विक्रेता तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।