एभरेष्ट बैंकद्धारा कुल २०.५३% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

एभरेष्ट बैंकद्धारा कुल २०.५३% लाभांश दिने घोषणा, बोनस र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीहरुलाई बितरण गर्ने लाभांश घोषणा गरेको छ । भदौ २७ गते बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश गरेर कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।