आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिन लक्षित आकर्षक अफर

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिन लक्षित आकर्षक अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ ।  

भदौ २६ देखी भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने “बुवाको मुख हेर्ने दिन” सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama राखेर पोस्ट गर्नुपर्नेछ । 

सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु. ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने जनाइएको छ ।