आज नेप्से ३९ अंकले वृद्धि भई २ हजार बिन्दुमाथि, कारोबार रकम साढे १ अर्ब पुग्यो

आज नेप्से ३९ अंकले वृद्धि भई २ हजार बिन्दुमाथि, कारोबार रकम साढे १ अर्ब पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको कारोबारको चौथो दिन उच्च अंकको वृद्धि भएर २ हजारको बिन्दुमाथि पुगेर बन्द भएको छ । आज बुधबार नेप्से ३९.४८ अंकले बढेर २ हजार ७ दशमलव ०६ बिन्दुमा पुगेको छ । मंगलवार नेप्से १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलब ५७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज १ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका २१३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज बरुण हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४२ रुपैयाँ पुगेको छ भने शुभम् पावर लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ८९६ रुपैयाँ पुगेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन‍ । सो कम्पनीको शेयरमूल्य ८ प्रतिशतले गिरावट आउँदा ३१३ रुपैयाँ काम भएको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज एनआइसी एशिया बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।  सो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।