हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई बाँडफाँड

हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन क्यापिटल लिमिटेडले विक्री गरेको हिमालयन ८०–२० को इकाई बाँडफाँड गरेको छ ।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई भदौ २६ गते इकाई बाँडफाँड गरिएको जानकारी योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले दिएको छ ।

योजना व्यवस्थापकको रूपमा रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

योजना सञ्चालनका लागि विक्री गरिएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बाँडफाँड गरिएको हो । यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।