चिरख्वा हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँड

चिरख्वा हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
चिरख्वा हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २८ देखि भदौ १० गतेसम्म आईपीओ विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ८० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको छ ।

स्थानीयमा भने कम्पनीले साउन २८ देखि भदौ २५ गतेसम्म आईपीओ विक्री गरेको छ । स्थानीयमा विक्री गरेको आईपीओ भने बाँडफाँड हुन बाँकी छ ।