इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता

इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको अग्रणी भुक्तानी प्रदायक इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तार गर्नेबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरु ले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सो सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल ८० लाख प्रयोगकर्ताको संजाल रहेको इसेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको ‘डिजिटल नेपालको अवधारणालाई टेवा दिदै बिध्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ८० लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार  भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । 

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आवेदन दस्तुर, आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।