निक्षेप तथा कर्जा लगानी कोषको ५०औं वार्षिकोत्सवको अवसरमा बैंकिङ्ग क्विज तथा वाल्काथन आयोजना हुने

निक्षेप तथा कर्जा लगानी कोषको ५०औं वार्षिकोत्सवको अवसरमा बैंकिङ्ग क्विज तथा वाल्काथन आयोजना हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेप तथा कर्जा लगानी कोषले २०८० असोज ४ गते आफ्नो स्थापनाको गौरवशाली ४९औं वर्ष पूरा गरी ५०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा बैंकिङ्ग क्विज तथा बैंकिङ्ग अनुशासन सचेतनाको लागि Walkathon र 5K Fun Run प्रतियोगिता आयोजना गर्न लागेको छ । सो कार्यको लागि कोषले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था लगायत अन्य सर्बसाधारणहरुको सक्रिय सहभागीताको लागि पत्राचार समेत गरेको छ । 

आयोजना हुने कार्यक्रमहरुको विस्तृत विवरण देहाय बमोजिम रहेको छ ।
कार्यक्रमः
(क) बैंकिङ्ग क्विज प्रतियोगिता
मितिः २०८० भाद्र २९ गते शुक्रबार
स्थानः सेलिब्रशन हाईट, सुकेधारा
समयः दिउँसो २ः०० बजे
सहभागीः नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाका कर्मचारी

(ख) Walkathon र 5K Fun Run 
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा डबली     
मितिः २०८० भाद्र ३० गते शनिवार
समयः विहान ६ः३० बजे
सहभागीः कोषका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र अन्य 

बैंकिङ्ग क्विज तथा 5K Fun Run का विजयी प्रतियोगीहरुलाई कोषले उचित पुरस्कारको व्यवस्था गरेको समेत जानकारी गराएको छ । यस सम्बन्धमा कोषको वेबसाइट www.dcgf.gov.np  मार्फत थप जानकारी लिन सकिने छ ।