सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम चैतभित्र फिर्ता गराउन सरकारलाई सुझाव

 सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम चैतभित्र फिर्ता गराउन सरकारलाई सुझाव


बैंकिङ्ग समाचार, काठमाडौं ।

सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको रकम चैतभित्र फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सरकारलाई सुझाव दिएको छ । सहकारी संस्थाहरूको स्थिर सम्पत्तिदेखि अन्यत्र भएका लगानी र तिनका सञ्चालकको सम्पत्तिसमेत बेचेर बचतकर्ताको रकम फिर्ता गराउन सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सरकारलाई सुझाव दिएको हो।

कार्यदलले नियामक निकाय, सहकारी संस्था, बचतकर्ता, सहकारी अभियन्ता लगायतसँग छलफल गरेर आगामी चैतभित्र बचतकर्ताको रकम फिर्ता गराउन सुझावसहित प्रतिवेदन तयार पारेको हो । गत २६ वैशाखमा मन्त्रिपरिषद्ले योजना आयोगको सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा  सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल गठन गरेको थियो ।

मंगलबारसम्म समयावधि रहेको कार्यदलले तोकिएको सीमाभित्रै  सम्माननिय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको सचिवालयले जनाएको  छ ।