हिजो उच्च अंकले बढेको नेप्सेमा आज १९.४२ अंकको गिरावट, कारोबार रकम १ अर्ब १३ करोडमा सिमित

हिजो उच्च अंकले बढेको नेप्सेमा आज १९.४२ अंकको गिरावट, कारोबार रकम १ अर्ब १३ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १९.४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलब ५७ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ४४.३० अंकले बढेर १ हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको थियो ।   

त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट भएको छ । आज १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीकोे शेयरमूल्य घटेको छ, ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज नेप्सेमा शुवम् पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८१४.६० रुपैयाँ पुगेको छ ।    

आज थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल एसबिआई बैंकको भएको छ । यस कम्पनीको आज ७ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।