सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८० भदौ २५ गतेका दिन हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।