सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन अनुमति माग्दै सेबोनमा दियो निवेदन

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन अनुमति माग्दै सेबोनमा दियो निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सय रूपैयाँ मूल्यका ४६ हजार ७३० कित्ता एफपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृती पाएपछि मात्रै लघुवित्तले एफपीओ निष्काशन गर्नेछ । एफपीओ बिक्रीबाट कम्पनीले सर्वसाधारणबाट थप ४६ लाख ७२ हजार ९५४.५ रुपैयाँ रकम उठाउनेछ ।

कम्पनीले हाल कायम संस्थापकतर्फको ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणतर्फको २९ दशमलव ६४ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गर्न लागेको हो ।