एलआइसी नेपालले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

एलआइसी नेपालले यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यससँगै, कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । 

कम्पनीको सोही बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब किताब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु छलफल गरी स्वीकृतीको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।