९० प्रतिशत बढि जीवन बीमाको बिक्री एजेन्ट मार्फत हुन्छः पुजन ढुंगेल अधिकारी 

९० प्रतिशत बढि जीवन बीमाको बिक्री एजेन्ट मार्फत हुन्छः पुजन ढुंगेल अधिकारी 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेल अधिकारीले ९० प्रतिशत भन्दा बढी जीवन बीमाको बिक्री एजेन्टमार्फत हु्ने बताएकी छन् । 

बृहत बीमा संवाद ‘ द नेशनल इन्योरेन्स डिस्कोर्स २०२३’ को तेस्रो सत्रमा बोल्दै अधिकारीले यस्तो बताएकी हुन् । 

\"\"

‘९० प्रतिशत भन्दा बढी जीवन बीमाको बिक्री एजेन्ट मार्फत नै हुन्छ  । र जुनसुकै व्यवसायको बिकास तथा बिस्तारसँगै ती विसङ्गतिहरु पनि  भित्रीने कुराहरूमा कुनै दुविधा नै छैन र प्रयाप्त जानकारी बीना नै बीमा (मिससेलिङ्ग) गर्ने कुरा पनि केही हदसम्म सहि नै हो । ’  उनले भनेकी छन् ।

एजेन्टहरुलाई प्रयाप्त तालिमहरु दिनुपर्ने बीमा प्राधिकरण र बीमकहरुसहित मिलेर जनचेतनाका कार्यक्रमहरु गर्दै बीमा साक्षरता बढाउन जरुरी रहेको उनको भनाई छ  ।

‘जानकारी बीना नै बीमा गर्ने प्रवृतीको सबैभन्दा ठूलो समाधान बीमा कम्पनीहरुले एजेन्टहरुलाई प्रयाप्त तालिमहरु दिनुपर्ने हुन्छ ।  एजेन्ट भनेको सबैभन्न्दा ठूलो अन्डर राइटर हो । त्यसैले उनीहरुलाई तालिम प्रयाप्त हुनुपर्छ । अहिले बीमा ऐनमा पनि एजेन्ट बन्नका लागि परिक्षा पास गर्नुपर्छ । प्रयाप्त जानकारी बीना नै बीमा (मिससेलिङ) लाई नियन्त्रण गर्नका लागि बीमा प्राधिकरण र बीमकहरुसहित मिलेर जनचेतनाका कार्यक्रमहरु गर्न जरुरी छ । जबसम्म बीमा साक्षरता बढ्दैन हामीले बीमा साक्षरता बढाउन सक्दैनौं, जनचेतना बढाउन सक्दैनौं तबसम्म मानिसहरुले साच्चिकै बीमा बुझ्दैनन र आफुले चाहेको प्रोडक्ट पाइदैनन’ उनले भनीन । 

बीमा प्राधीकरणले विभिन्न माध्यमबाट प्राधिकरण आफै उपस्थित भएर, बीमक आफै उपस्थित भएर अथवा मिडियाहरुको माध्यमबाट जानकारीहरु दिइराखेको र बीमा प्राधिकरणका तर्फबाट पनि अन्डराइटिङ गाइडलाइन सम्बन्धि अझ नयाँ निर्देशनहरु जारी गर्ने तयारीमा रहेको निर्देशक अधिकारीले बताइन ।

त्यस्तै उनले डिजिटल माध्यमबाट बीमा बिक्री गर्नका लागि पहल भइरहेको र बीमा प्राधीकरणले पोलिसी होल्डर पोर्टल वेबसाईटमा तयार गर्ने काम पनि गरीरहेको बताएकी छन । 

‘डिजिटल माध्यमबाट बीमा बिक्री गर्नका लागि पनि पहल भइरहेको  छ । डिजिटल माध्यमबाट बीमाहरु बिक्रि गर्ने कुराहरूले पनि यो कुराहरूमा केही सहज हुनसक्छ । प्राधिकरणले पनि डिजिटल गाइडलाइन सम्बन्धि निर्देशिका जारी गर्ने तयारी गरिरहेको नै छ ।  त्यसले बीमा लिने मानिसहरुलाई बजारमा कस्तो बीमा पोलिसी छ, कुन–कुन कम्पनीले कस्तो पोलिसी बेच्दैछन भन्ने कुराहरूको सहि जानकारी दिन सहयोग हुन्छ’ उनले भनिन । 

बीमाको क्षेत्रमा बीमा मर्जर धेरै आवश्यक रहेको र मर्जर नीतिमा बीमा प्राधिकरण सफल भएको उनले बताएकी छन् । 

‘बीमाको क्षेत्रमा बीमा मर्जर धेरै आवश्यक छ  । अहिले हामी रिक्स बेस (जोखिम आधारित) क्यापिटल तिर पनि जाँदैछौ, त्यो कारणले पनि हामी मर्जरमा जान धेरै नै आवश्यक परेर यो मर्जर नीति ल्याइएको हो । यसमा बीमा प्राधिकरण सफल पनि भयो । बीमा क्षेत्रमा धेरै मर्जरहरु पनि भए  । अब बढी भन्दा पनि राम्रो सर्भिस हुन्छ भन्ने हामी आशा गर्छौ ।’

 

नेपाल सरकारको निती अनुसार १० प्रतिशत पनि माइक्रो इन्स्योरेन्स व्यवसाय हुनैपर्ने भएपनि यो व्यवसाय फस्टाउन नसकेका कारण नेपाल बीमा प्राधिकरणले अहिले ६ वटा प्रदेशमा छुट्टै माइक्रो इन्स्योरेन्स खोलेको उनले बताएकी छन् । 

‘बीमा ऐन २०८९ले यो माइक्रो इन्स्योरेन्स कम्पनी स्थापना गर्न सक्ने भनेर छुट्टै व्यवस्था ल्यायो । केही वर्ष यता नेपाल सरकारले पनि १० प्रतिशत व्यवसाय माइक्रो इन्स्योरेन्स हुनैपर्छ भन्ने नीति ल्याएको  थियो । त्यसको बावजुद पनि यो क्षेत्रमा २÷३ प्रतिशत भन्दा बढी माइक्रो इन्स्योरेन्स व्यवसाय फस्टाउन सकेन । त्यसैले नेपाल बीमा प्राधिकरणले छुट्टै माइक्रो इन्स्योरेन्स कम्पनी ल्याउनुपर्ने आवश्यकता भयो र नेपाल बीमा प्राधिकरणले अहिले ६ वटा कार्यालय पनि खोलेको छ  । अहिले प्रादेशिक कार्यालय नै माइक्रो इन्स्योरेन्सको हुनुपर्छ भन्ने छ । यसको केन्द्रीय कार्यालय प्रदेशमै हुनुपर्छ भन्ने आवश्यक्ता छ’ उनले भनिन् ।