सरकारको कमजोर नीतिका कारण सबै सवारी साधनहरुको बीमा छैनः बीमक संघका अध्यक्ष क्षेत्री 

सरकारको कमजोर नीतिका कारण सबै सवारी साधनहरुको बीमा छैनः बीमक संघका अध्यक्ष क्षेत्री 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बीमक संघका अध्यक्ष एवंम सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपालको सबै सवारी साधनहरुको बीमा गनुपर्ने बताएका छन । बृहत बीमा संवाद नेशनल इन्स्योरेन्स डिस्कोर्स २०२३ मा बोल्दै क्षेत्रीलेले सरकारको कमजोर नीतिका कारण सवारीसाधन किन्ने व्यक्तिहरुले सवारी साधनहरुको बीमा नगरेको उनको भनाई छ ।

\"\"

 

इन्स्योरेन्सको महत्व सरकारले नै नबुझेको समेत उनले बताए छन् । क्षेत्री भन्छन, ‘इन्स्योरेन्सको महत्व, बुझाई जनताप्रति भन्दा पनि सरकारलाई नै बुझाउनुपर्छ । सरकारलाई नै बीमाको महत्व, बीमा किन गरिन्छ, बीमा गर्दा सरकारलाई कस्तो खालको सहयोग पुग्छ, साथै जनतामा बीमाको पहुँच बढाउँदा कस्ता खालका फाईदा हुन्छ भन्ने कुरा बुझाउन जरुरी छ ।’ 

त्यस्तै इन्स्योरेन्स भनेको दुःखको साथि भएको बताउँदै उनले भने, ‘इन्स्योरेन्स भनेको दुःखको साथि हो । कतिले इन्स्योरेन्स नबुझेर गरिरका छन । अझ हामीले त हाम्रो कमचरी समेतलाई बीमाको बारेमा बुझाउन सकिएको छैन ।’  
कति व्यक्तिहरूलाई थाहा पनि छैन कि के लागि प्रीमियम तिरिएको  छ र यसको जोखिम के हो भन्ने कुरा बुझ्नु भएको छैन । इन्स्योरेन्स कम्पनीहरुले पहिला सेवा दिनुपर्ने र  त्यसपछि नाफा खोज्नुपर्ने उनको ठम्याई छ । बिजनेस बढाउनको लागि क्लेम सेटलमेन्ट गराउनुपर्ने हुन्छ र सोही अनुसार बीमा कम्पनीहरु पनि अगाडी बढीरहेको उनले बताए । 

 

\"\"

आजभोलि धेरै कम्पनीहरुले नयाँ–नयाँ प्रडक्टहरु ल्याएका छन् । बीमा दाबी भुक्तानी माग डिजिटलाइजेसन  मार्फत अगाडी बढाइरहेको उनको बुझाई छ । विगतका कुरालाई बीमा कम्नीहरुले  चिरिसकेको समेत उनले बताए । 

\"\"

 

नेपालमा ४० लाखको हाराहारीमा सवारीसाधन भएपनि जम्मा ३० प्रतिशत मात्र सवारी साधनहरुको इन्स्योरेन्स भएको बताए । सरकारको कमजोर नीतिकोको कारण सबैले इन्स्योरेन्स नगरेको उनको तर्क छ । क्षेत्री भन्छन, ‘नेपालमा ४० लाखको हाराहारीमा सवारी साधन छ । तर इन्स्योरेन्स ३० प्रतिशतको मात्र छ । यो हुनुको कारण भनेको सरकारको कमजोर नीति नै हो । सरकारले ‘इन्स्योरेन्स अनिवार्य गनुपर्छ भन्दै नियम त बनाएको छ  तर अनिवार्य गरेको छैन यो हुनुको कारण भनेको सरकारको कमाजोर नीतिले भएको हो ।’ उनले भने, ‘यदि सरकारले सही तरिकाले इन्स्योरेन्स गर्नुपर्छ भनेर लागू गरायो भने राष्ट्र र व्यक्तिलाई धेरै नै फाईदा हुन्छ ।’