आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकले विशेष छुट पाउने

आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकले विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु. ५०० सम्म क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ । यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधिको लागि मात्र रहेको जनाएको छ ।