नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढेर ढेड अर्ब नाघ्यो

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम पनि बढेर ढेड अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ४४.३० अंकले बढेर १ हजार ९ सय ८६ दशमलब ९९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १०.२३ अंकले बढेर १ हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको थियो ।   

त्यस्तै, आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

नेप्सेमा आज कारोबार भएका मध्ये २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीकोे शेयरमूल्य घटेको छ, ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज नेप्सेमा कारोबार भएका ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मैलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।    

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट ट्रेडिङ्ग कर्पोरेशनको भएको छ । यस कम्पनीको आज ६ करोड २५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।