ङादी ग्रुपले लाभांश प्रस्ताव पारित गर्न बोलायो वार्षिक साधारण सभा


काठमाडौं – ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले मंसिर २५ गते, बिहीबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौंमा बिहान ९ः३० बजे सो सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र (कर प्रयोजनार्थ) ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।