सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा विशेष छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीस्थित बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले हाल १८८ वटा शाखा, १४८ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४३ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।