स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ, अन्य एक फरार

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ, अन्य एक फरार

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा छन्। नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँके प्रहरीले बताएको छ।

विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको हो । उनलाई  थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ। सापकोटाको साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भाग्न सफल भएको छ । फरार कर्मचारी पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।