मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच लगानी सम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच लगानी सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (Alternative Energy Promotion Center – AEPC) बीच Sustainable Energy Challenge Fund – SECF अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । 

बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहजरुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । यो सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बताइएको छ ।    

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले एक समारोहबीच हस्ताक्षर गरेका छन् ।