बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार विजेताले ३५० सी सी को मोटरसाइकल जित्न सक्नेछन् । यस योजनामा दैनिक, साप्ताहिक र मासिक पुरस्कारहरू जित्न सकिन्छ ।
उपहार पुरस्कारहरूको लागि योग्य हुन, सहभागीहरूले योजना अवधिमा उनीहरूको लिङ्क गरिएको बैंक खाताहरू प्रयोग गरेर भुक्तानी गर्नुपर्नेछ ।
दैनिक पुरस्कारहरू
सि .न. |
पुरस्कार |
कारोवार |
विजेताहरूको संख्या |
१ |
१% वा रु ७५ सम्मको Promocode |
लिङ्क गरिएको बैंक खाता मार्फत एयरलाइन्स्को टिकट काट्दा |
सबैजनालाई |
२ |
१००% क्यासब्याक (Cashback) रु १००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत नमस्ते मोबाईलको पोष्टपेड तथा प्रिपेड मोबाईलको रिचार्ज गर्दा |
हरेक दिन एकजनालाई |
३ |
इसेवा केयरको सुविधा (दुईलाख रूपैयाँसम्मको इन्स्योरेन्स् ) |
लिङ्क गरिएको बैंक खाता मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण |
हरेक दिन एकजनालाई |
४ |
१००% क्यासब्याक (Cashback) रु १००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत नेपाल टेलिकमको फाइबर नेटको भुक्तानी गर्दा |
हरेक दिन एकजनालाई |
५ |
१००% क्यासब्याक (Cashback) रु ५०० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत एन्टिभाइरस खरिद गर्दा |
हरेक दिन एकजनालाई |
दैनिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। दैनिक विजेताहरू बम्पर पुरस्कारसँगै साप्ताहिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् ।
साप्ताहिक पुरस्कारहरू
सि .न. |
पुरस्कार |
कारोवार |
विजेताहरूको संख्या |
६ |
स्मार्ट फोन |
लिङ्क गरिएको बैंक खाता मार्फत बैंक एकाउन्टबाट रकम लोड गर्दा |
हरेक हप्ता १ जनालाई |
७ |
इनडक्सन चुलो |
बैंक लिंक एकाउन्टबाट बिजुलीको महशुल भुक्तानी |
हरेक हप्ता १ जनालाई |
८ |
१००% क्यासब्याक (Cashback) |
लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक हवाइ टिकटको खरिदमा |
हरेक हप्ता १ जनालाई |
९ |
होटल बुकिङ निशुल्क |
लिङ्क गरिएको बैंक खाता मार्फत होटल बुकिङ गर्दा |
हरेक हप्ता एकजोडीलाई |
१० |
१००% क्यासब्याक (Cashback) रु ५००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत क्यूआर भुक्तानी गर्दा |
हरेक हप्ता १ जनालाई |
११ |
१००% क्यासब्याक (Cashback) रु ५००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत स्कुल कलेजको शुल्क भुक्तानी गर्दा |
हरेक हप्ता १ जनालाई |
१२ |
वाटर डिस्पेन्सर |
लिङ्क गरिएको बैंक खाता मार्फत खानेपानीको महशुल भुक्तानी गर्दा |
हरेक हप्ता १ जनालाई |
साप्ताहिक पुरस्कार विजेताहरूको सूची प्रत्येक हप्ता घोषणा गरिनेछ। साप्ताहिक विजेताहरू बम्पर पुरस्कारसँगै दैनिक र मासिक पुरस्कारहरूका लागि पनि योग्य हुनेछन् ।
उपहार ह्याम्परहरू सङ्कलन गर्न, विजेताहरूले आफ्नो प्यान कार्ड विवरणहरू बुझाउनु पर्छ र पुल्चोक, ललितपुरमा रहेको ईसेवाको मुख्य कार्यालय वा तोकिएको शाखा कार्यालयमा जानुपर्नेछ ।
नेपालको प्रचलित कानुन अनुसार भाग्यशाली विजेताले जितेको पुरस्कारमा २५% रकमको विन्ड फल गेन कर लगाइनेछ ।
मासिक पुरस्कारहरू
सि .न. |
पुरस्कार |
कारोवार |
विजेताहरूको संख्या |
१३ |
१००% क्यासब्याक (Cashback) रु १०,००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत आन्तरिक राजस्व विभागको कर भुक्तानी गर्दा |
१ जनालाई |
१४ |
रु १००,००० सम्मको सपिङ भौचर |
लिङ्क गरिएको बैंक खाता मार्फत बैंक ट्रान्स्फर गर्दा अथवा माईक्रो फाइनान्स्को शुल्क भुक्तानी गर्दा |
१ जनालाई |
१५ |
१००% क्यासब्याक (Cashback) रु २०,००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत TMS Collateral लोड तथा बिल भुक्तानी गर्दा |
१ जनालाई |
१६ |
१००% क्यासब्याक (Cashback) रु १०,००० सम्म |
लिङ्क गरिएको बैंक खाता मार्फत क्रेडिट कार्ड भुक्तानी गर्दा |
१ जनालाई |
१७ |
टि भी |
लिङ्क गरिएको बैंक खाता मार्फत इन्टरनेटको महसुल तिर्दा |
१ जनालाई |
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, लोक सेवा आयोग को आबेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ
।
प्रतिक्रिया