नेपाल फाइनान्सको ४० हजार कित्ता बढि हकप्रद शेयर नेप्सेमा सूचीकृत

नेपाल फाइनान्सको ४० हजार कित्ता बढि हकप्रद शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतवार नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले लिलामी मार्फत विक्री गरेको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचिकृत गरेको हो ।

उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।