बैंकमा जागिर खान लाइसेन्स अनिवार्य

बैंकमा जागिर खान लाइसेन्स अनिवार्य

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

अब बैंकमा जागिर खान पनि लाइसेन्स अनिवार्य हुने भएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा नयाँ कर्मचारी राख्नुअघि लाइसेन्स लिएको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।

अनिवार्य लाइसेन्स लिने व्यवस्था चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, शिक्षकका क्षेत्रमा लागू भए पनि अन्य क्षेत्रमा भने सम्बन्धित कम्पनीले कर्मचारी भर्ना गर्दै आएका छन् । बैंकहरुले पनि अहिलेसम्म कर्मचारी विनियमावलीअनुकूल कर्मचारी भर्ना गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रलाई थप प्रतिस्पर्धी र सबल बनाउन यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।