बैंकिङ्ग समाचार, काठमाडौं ।
गत साता लगातार गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज यस साताको पहिलो कारोबार दिन दोहोरो अंकको वृद्धि भएको छ । आज आइतवार नेप्से १०.२३ अंकले बढेर १ हजार ९ सय ४२ दशमलब ६८ विन्दुमा बन्द भएको हो । पछिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से २८.९२ अंकले घटेर १ हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएपनि कारोबार रकम भने सामान्य घटको छ । आज नेप्सेमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । बिहिवार १ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६६ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज नेप्सेमा ४ कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । सुर्योदय वोमि लघुवित्त, शुवम् पावर, न्यादी हाइड्रोपावर र मेन्छयाम हाइड्रोपावरको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
आज हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया