सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति पाइन्छ प्रतिफल ?

सानिमा इक्विटी फण्डको लाभांश घोषणा, कति पाइन्छ प्रतिफल ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सानिमा म्यूचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले लाभांश घोषणा गरेको छ । सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७९/८० को लागि आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशत प्रतिफल बितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलको भदौ २२ गते बसेको सञ्चालक समितिको बैंठकले प्रतिफल बितरण गर्ने निर्णय गरेको हो । योजनाको आकार १ अर्ब ३० करोड रहेकोमा फण्डले १८ प्रतिशतले हुन आउने २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश बितरण गर्न लागेको जनाएको छ ।

प्रस्तावित प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले आगामी दिनमा बुक क्लोजको मिति तय गर्नेछ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्नेछन् । गत वर्षको तुलनामा यस वर्ष योजनाको प्रतिफल कम रहेको छ । गत वर्ष कर समेत २२ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।