शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न आह्वान माईखोला हाइड्रोपावरको साधारणसभा स्थगित

शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न आह्वान माईखोला हाइड्रोपावरको साधारणसभा स्थगित


बैंकिङ्ग समाचार, काठमाडौं ।
शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित असोज ९ गतेका लागि बोलाइएको माईखोला हाइड्रोपावरको वार्षिक साधारणसभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो । प्राविधिक कारणले उक्त दिन सभा गर्न नसक्ने भएको जानकारी कम्पनीले पुनः सूचना जारी गर्दै गराएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेृ प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत गराईसकेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १ गते बुकक्लोज गर्ने बताएको थियो । बुकक्लोजको मिति बारे भने कम्पनीले पुनः जारी गरेको सूचनामा उल्लेख गरेको छैन ।