नेपाल रिपब्लिक मिडियाको वित्तीय विवरण सार्वजनिक, अघिल्लो वर्ष घाटामा रहेको कम्पनीले कमायो नाफा

नेपाल रिपब्लिक मिडियाको वित्तीय विवरण सार्वजनिक, अघिल्लो वर्ष घाटामा रहेको कम्पनीले कमायो नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १३ लाख २४ हजार नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा भने कम्पनी रू. ४ करोड ४२ लाख नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा सुधारिएको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन आम्दानी रू. २ करोड ५८ लाख रहेकोमा गत आवमा १७७.०३ प्रतिशतले बढेर रू. ७ करोड १५ लाख पुगेको छ ।

अघिल्लो आवमा कम्पनीले रू.२० करोड २६ लाख बराबरको कारोबार  गरेकोमा गत आवमा बढेर रू. २६ करोड १ लाख पुगेको छ । आईपीओ निष्काशन पछि कम्पनीको रू.९६ करोड ७५ लाख चुक्ता पूँजी रहेको कम्पनीको रिनेन्ड अर्निङ ५० करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि रिनेन्ड अर्निङ ५१ करोड ८ लाख रुपैयाँले ऋणात्मक थियो । 

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ ।