एनआईसी एशिया बैंकले ल्यायो कनेक्ट आइपीएससँँगको सहकार्यमा “फण्ड ट्रान्सफर मा हरेक हप्ता मोबाइल फोन हातमा” अफर

एनआईसी एशिया बैंकले ल्यायो कनेक्ट आइपीएससँँगको सहकार्यमा “फण्ड ट्रान्सफर मा हरेक हप्ता मोबाइल फोन हातमा” अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक कनेक्ट आइपीएस (connectIPS) सँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग (MoBank) ग्राहकहरुका लागि “Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग प्रयोगकर्ता ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी connectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

Fund Transfer गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी L Fund Transfer गर्दा connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहक महानुभावहरुले MoBank एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको connectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।