मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त, नेपाल भुषण श्रेष्ठ भए संचालक

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त, नेपाल भुषण श्रेष्ठ भए संचालक


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् । संस्थाको बिहिवार बसेको संचालक समितीको १४५ औं बैठकले खत्रीलाई (सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रतिनिधि) सर्वसम्मत अध्यक्षमा मनोनित गरेको हो । 

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सँगै  बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न पाउदैनन् । सोही कारण प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल भुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको संस्थाले जनाएको छ । संचालक श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका सहायक महाप्रबन्धक हुन् ।