सर्वोत्तम सिमेन्टको कम्पनी सचिवमा भारती नियुक्त 


काठमाडौं – सर्वोत्तम सिमेन्ट लिमिटेडका कम्पनी सचिवमा कमल कुमार भारती नियुक्त भएका छन्। कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको २६७ औं बैठकबाट भारतीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। 

उनलाई कात्तिक २८ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।