प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकले १४ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न १५ जना संस्थापक शेयरधनीहरुको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । यो अवधिसम्म संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।