कामना सेवा विकास बैंकद्वारा पोखरास्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा पोखरास्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यायल श्रृजनाचोक मार्फत पोखरा म.न.पा. वडा नं ८, रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई मिति २०८० भाद्र २० गते बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । बैंकले उक्त रेफ्रिजेरेटर मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।

बैंकका सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा–महोत्सव कार्यक्रमकोबीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ  ।