हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले जेठ २२ गतेदेखि असार २५ गतेसम्म निष्काशन गरेको ७५ प्रतिशत अर्थात १ करोड २० लाख कित्ता बराबरको हकप्रद शेयर सूचिकृत गराएको हो ।

अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीहरूले हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।