साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १५ करोड

साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १५ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साताको कारोबारको अन्तिम दिन उच्च अंकको गिरावट भएको छ । आज बिहिवार नेप्से २८.९२ अंकले घटेर १ हजार ९ सय ३२ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकम १ अर्ब १५ करोड ९ लाख रुपैयाँमा सिमित भएको छ ।

आज नेप्सेमा कारोबार भएका २१ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा एक कम्पनीको शेयरमुल्यमा सर्वाधिक वृद्धि भएको छ । शुवम् पावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६९१ रुपैयाँ पुगेको छ । 

आज सिटिजन्स बराही हाइड्रोपावर, म्युचअल फण्ड २ र अपर सोलु हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीहरुको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढिले घटेको छ । 

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लिबर्टी इनर्जि कम्पनीको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।