चालु आवका लागि नागरिक उड्डयन प्राधिकरणकोे ३६ अर्ब ६६ करोड बराबरको बजेट पास

चालु आवका लागि नागरिक उड्डयन प्राधिकरणकोे ३६ अर्ब ६६ करोड बराबरको बजेट पास

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आवका लागि ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट पास गरेको छ ।

प्राधिकरण सञ्चालक समितिले मंगलबार आर्थिक वर्ष २०८०÷८१ बजेट पास गरेको हो । 

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ३६ अर्ब ६६ करोड रुपैयाँको अनुमानित आय–व्यय (बजेट) पास गरेको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिएका छन् ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष ४१ अर्ब ८५ करोडको बजेट ल्याएको थियो । उक्त बजेटको तुलनामा चालु आर्थिक वर्ष प्राधिकरणको बजेट ५ अर्ब १९ करोडले घटेको छ । विशेषगरी, दुई राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले पनि यसपाली बजेट घटेको प्रवक्ता निरौलाले बताए ।