प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारी जागिर छाडे

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ कर्मचारी जागिर छाडे

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

प्रभु बैंकका १४ जना सिनियरसहित १४८ जना कर्मचारीले जागिर छाड्ने निर्णय गरेका छन् । 

बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् ।

साउन तेस्रो साता १० दिनका लागि ल्याएको भिआरएस योजनामा बैंक व्यवस्थापनले सोचेभन्दा धेरै कम (४८ जना) ले मात्रै आवेदन दिएपछि ७ दिनको समय थपेको थियो ।

बैंक व्यवस्थापनले डेढदेखि दुई सय जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।

बैंकमा ३५०० को हाराहारीमा कर्मचारी छन् । बैंकले दुई वर्षसम्मको सेवा सुविधासहित भिआरएस योजना ल्याएको हो ।
२०७९ पुस २२ मा प्रभुले तत्कालीन सेन्चुरी कमर्सियल बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको थियो। मर्जपछि कर्मचारी संख्या धेरै हुँदा बैंकले भिआरएस योजना ल्याएको हो ।