प्राइम कमर्सियल बैंकका ग्राहकको खाता परिवर्तन हुदै, भालि राती बैंकको सेवा अवरुद्ध हुने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकका ग्राहकहरूको खाता नम्बर परिवर्तन हुने भएको छ । बैंकले ग्राहकको खाता नम्बर भदौ २३ गते (शनिवार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको जानकारी गरेको हो ।

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।

अब ग्राहकको खाता भदौ २३ गते शनिबारदेखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ । अन्य सबै निकायहरु जस्तैः स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैँले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ ।

यसैगरी बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते शुक्रबार राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटीएम, मोबाइल बैंकिङ्ग लगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ ।