हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि बिक्रीमा, ५० रुपैयाँमै आवेदन दिन सकिने

हाथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि बिक्रीमा, ५० रुपैयाँमै आवेदन दिन सकिने

सुरेश शर्मा
210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज अर्थात भदौ २१ गते बिहीवारदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । 

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा २ लाख ९२ हजार ५०० कित्ता, कर्मचारीहरूमा ५८ हजार ५०० कित्ता र सामूहिक लगानीकोषहरूमा १ लाख ४६ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिसकिएको छ ।

यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने आम सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागिएको हो । 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा भदौ २५ गतेसम्म विक्री अवधि तोकिएको यो आईपीओ छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज ४ गतेसम्म विक्री लम्बिनेछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।