अर्थमन्त्रीको नै छैन जीवन बीमा

अर्थमन्त्रीको नै छैन जीवन बीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो जीवन बीमा नै नभएको बताएका छन् । भदौ १८ गते सोमवारर काठमाडौंमा सम्पन्न भएको बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श’को ‘डुओलग’ सत्र बैंकिङ्ग समाचारका अध्यक्ष राजु ढुङ्गेलसँगको संवादमा अर्थमन्त्री महतले आफ्नो जीवन बीमा र सम्पतिको समेत बीमा नै नभएको बताएका हुन् ।

\"\"

संवादका क्रममा ढुङ्गेलले अर्थमन्त्रीज्यू हजुरको आफ्नो बीमा चाँहि छ कि छैन भनेर प्रश्न गर्दा उनले भने, ‘मरो पनि जीवन बीमा नै छैन’ त्यस्तै घर लगायत सम्पतीको बीमा छ त भनेर सोध्दा अर्थमन्त्रीले भने ‘मेरो घरमा माओवादी द्वन्दकालमा सबै आगो लगाइदिएर सारा सम्पति नै गयो । त्यो बेलामा बीमा थिएन । मैले त्यो सबै क्षति बेहोरे, मैले सरकारसँग क्लेम गरिन । अहीलेसम्म चलेको छ किन क्लेम गर्ने, क्षतिपूर्ति पनि लिइन्, इन्स्योरेन्स पनि थिएन् । चलिराखेको छ । मलाई त अहीले सम्म केही भाको छैन, अब पनि नहोला ।’

बीमाको बारेमा शिक्षा लिन आवश्यक भने रहेको उनको बुझाइ छ । अब सबैजनाले विस्तारै इन्स्योरेन्सको आवश्यकता बुझेर आम मानिसहरुले बीमा गर्न उत्प्ररित हुनुपर्ने उनले बताएका थिए ।

\"\"