विद्युतीय सवारी प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार रहेको ऊर्जामन्त्री बस्नेतको भनाई

विद्युतीय सवारी प्रवर्द्धनका लागि सहुलियत दिन सरकार तयार रहेको ऊर्जामन्त्री बस्नेतको भनाई

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

विद्युतीय सवारीसाधनको प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहुलियत र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।  

बुधबार नेपाल विद्युत् प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको संयुक्त रूपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने  विश्वास रहेको मन्त्री बस्नेतको भनाई छ । 

उनले विद्युतीय सवारीसाधनले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्यूनीकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताएका छन् । 

सरकारले जलविद्युत् क्षेत्रको दिगो विकासका लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सरकारले नीतिहरू निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।  

चार्जिङ स्टेसनहरूको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण साबित हुने मन्त्री बस्नेतको भनाइ छ । उनले विद्युतीय अन्य वस्तुहरू नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताए ।